View in English होमपेज ईमेल चेक
   
       
फागुण २०६८
सोमंबुबिशु
 ०१०२०३०४०५०६
०७०८०९१०१११२१३
१४१५१६१७१८१९२०
२१२२२३२४२५२६२७
२८२९३० 
धादिङ जिल्लाको संक्षिप्त परिचय
 
 

 

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमति अञ्चलमा अवस्थित छ । निलकण्ठ गा.वि.स.मा रहेको धादिङबेशी यो जिल्लाको सदरमुकाम हो । २०५८ सालको जनगणना अनुसार यहा“को कुल जनसंख्या ३,३८,६५८ रहेको छ । कुल १९,२४६ वर्ग कि.मी क्षेत्रफल ओगटेको र प्रसिद्ध गाण्ेश हिमालको काखमा रहेको यो जिल्लामा ७११० मीटर अग्लो पाविल हिमाल यहांको सवैभन्दा अग्लो हिमाल हो । यस जिल्लावाट ८१६३ मीटर अल्लो मनास्लु हिमालमको दृयावलोकन पनि राम्ररी गर्न
सकिन्छ ।
 
मनोरम हिमालदृश्ष्का अतिरिक्त बुढीगण्डकी, आंखु र त्रिशुली जस्ता नदी सहित अनेकौं नदी नाला र प्राकृतिक मनोरम दृष्यहरुले भरिपूर्ण सुन्दर यस जिल्लामा गंगा जमुनाको झरना, झर्लाङको तातोपानी मुल, गुप्तेश्वर, चमेरे गुफा जस्ता गुफाहरु, विन्दुकेशर, सिद्धलेक मण्डलीमाई, सल्यानकोटमाई जस्ता धार्मिक स्थलहरु, ज्वालामुखी, सालीघोप्टे (धुषा) जस्ता हिमाली दृष्यहरु देखिने पर्यटकीय महत्वका स्थलहरु, र सल्यानटार, विशालटार जस्ता फा“टहरु नै धादिङ जिल्लाको विशेषता हो ।
 
राजधानी काठमाण्डौसंग सिमा जोडिएको यस जिल्लाको सदरमुकाम काठमाण्डौ देखि करिब ८८ कि.मी. पश्चिममा रहेको छ । कालुपाण्डे राजमार्गको धादिङबेशी मलेखु खण्ड (१७.५ कि.मी.) र पृथ्वी राजमार्गको (मलेखु नौविसे) खण्ड हुदै त्रिभुवन राजपथको नौविसे काठमाण्डौ खण्डले जिल्ला सदरमुकाम र राजधानीलाई जोडेको छ । धादिङबेशीबाट काठमाण्डौ जान र आउन प्रत्येक आधा घण्टामा सार्वजनिक यातायातको सुविधा रहेको छ ।
 
राजधानी संग नजिक र यातायातको राम्रो संजाल रहेको यो जिल्लामा स्थानीय विकासका गतिविधिहरु तुलनात्मक रुपमा राम्रो रहेका छ । तथापि आशातित रुपमा सडक यातायात, विद्युत, जनस्वास्थ्य, सञ्चार सेवाहरुबाट धादिङ पूर्ण रुपमा समेटिन सकेको छैन । शिक्षामा भएको विकासलाई पनि गुणस्तरको दृष्टिकोणबाट अझै विकास गर्नुपर्ने अवस्था रहेको छ । अझै कतिपय गाउ“हरुमा खानेपानी योजना पुग्न सकिरहेका छैनन् । अब हाम्रोसामु एकातिर पूर्वाधार विकास, कृषि उत्पादन, वातावरण, स्वास्थ्य, शिक्षा, संचार र पर्यटन क्षेत्रको विकास गरी आम्दानी बढाउनु पर्ने जस्ता जिम्मेवारीहरु छन् भने अर्कोतिर विगतमा भए गरेका कामहरुबाट शिक्षा लिंदै भए गरेका विकास प्रयासहरुलाई संरक्षण र सुसञ्चालन गर्नुपर्ने दायित्व रहेको छ । तैपनी यस जिल्लाका ५० मध्ये ४५ वटा गा.वि.स. सडक संजालसंग जोडिएको कारणले विकासका पूर्वाधार विस्तारमा केही सहजता पनि छ ।
 
 
 
 
 
 
 
 

 

 
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनचेतना अभियान फोटो ग्यालरी जिविसको उदेश्य योजना तथा कार्यक्रम धार्मीक तथा पर्यटकिय स्थलहरु सार्वजनिक सुनुवाई कार्यक्रम LGCDP कार्यक्रम
सन्देश

जिल्ला विकास समिति धादिङबाट बजेट विनियोजन भईविभिन्न विकास योजनाहरु कार्यान्वयनको क्रममा रहेका छन् । आफ्नो गाउँ ठाउँमा भईरहेका विकास क्रियाकलापमा सहभागि हनुहुन सवैलाई अनुरोध गरिन्छ । साथै यसरी संचालन भईहेको विकास कार्यक्रममा कुनै प्रकारको गुनासो वा सिकायत       भएमा जिल्ला विकास समितिमा खवर गरी दिनुहुन अनुरोध गरिन्छ ।

-
   - जिल्ला विकास समिति धादिङ
सूचनापाटी

ddc , dhading - २०६८-१०-२६

१२ वटा सुचना(हरु) उपलब्ध छन्।
© वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित