सहकारी संस्थाहरु र जिल्ला विकास समिति बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न ः
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
२०६८ माघ ४ः आपसी सहयोग र सहकार्यको क्षेत्र पहिचानको लागि कृषि तथा पशुधन उत्पादन क्षेत्रमा क्रियाशील सहकारी संस्थाहरु र जिल्ला विकास समितिबीच बृहत अन्तरक्रिया कार्यक्रम स्थानीय विकास अधिकारी श्री शंकर नेपालको अध्यक्षतामा चरौदीमा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाको कृषि क्षेत्रको अवस्था, कृषकहरुको अवस्था, समस्या एवं चुनौतिहरु कृषि क्षेत्रको समस्याहरु र स्थानीय आवश्यकता र सहकार्यका सम्भावनाका विषयमा बृहत छलफल भएको थियो । कृषि क्षेत्रको विकासमा सरोकारवालाहरुको साझा प्रयासको अपरिहार्यता रहेकोले एक कोषको स्थापना गर्ने र सोही कोष मार्फत कृषि तथा पशु विकासको लागि कृषि प्राविधिक जनशक्ति उत्पादनमा सहयोग, सुरक्षित उत्पादन विस्तार एवं बजार व्यवस्थापन तथा विस्तार गर्नुपर्ने निष्कर्ष निकाल्दै सो सम्बन्धमा वृस्तृत अवधारणा पत्र तयार गर्न बरिष्ठ कृषि विकास अधिकृत श्री निलकण्ठ पोखरेलको अध्यक्षतामा जि.वि.स.का योजना अनुगमन र प्रशासकीय अधिकृत, डिभिजन सहकारी कार्यालयका प्रमुख, जिल्ला तरकारी तथा फलफुल सहकारी संघका अध्यक्ष हेमनाथ थपलिया र खाद्य अधिकार जिल्ला संजालका अध्यक्ष श्री गोकर्ण रुपाखेति सदस्य रहेको कार्यदल गठन गरेको छ । साथै जिल्ला विकास समितिबाट आयोजना हुने ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा सहकारी संस्थाहरुलाई समेत समावेस गर्ने निर्णय भएको थियो ।
कार्यक्रममा एकिकृत ने.क.पा. माओवादीका श्री विजय वुर्लाकोटी, नेपाली काग्रेसका श्री भक्त ब लामा, ने.क.पा. एमालेका श्री राजेन्द्र प्रसाद थपलिया, ने.क.पा मालेका श्री तिर्थ सिलवाल, ने.क.पा. (एकिकृत) का श्री शिवनिधि खनाल, रा.प्र.पा. का श्री खेमराज उप्रेती, रा.ज.पा.का श्री नन्द्र प्रसाद काप्री, बचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष श्री मीनराज कडेंल, नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष एवं साना किसान बैकका अध्यक्ष श्री खेम ब. पाठक, लगायत विभिन्न सहकारी संघ÷संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेका थियो ।
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
प्रकाशक :
जिल्ला विकास समिति -
२०६८-१०-०५
<< बाँकी सुचनाहरु
|