ईलाका गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना -
२०६८-१०-०७
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
आ. ब. ०६९।७० को योजना तर्जुमा गर्ने सन्दर्भमा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीको कार्यक्रम यस अघिनै सार्वजनिक भईसकेको छ । उक्त गोष्ठीमा सहभागिताको लागि स्थानीय राजनीतिक दल, विषयगत सरकारी कार्यालयहरु, गाउँ विकास समितिहरु, विकास साझेदार एवं गैर सरकारी संस्थाहरु, महिला, वृद्धवृद्धा, दलित, अपाङग, आदीवासी जनजाति, शिक्षक, नागरिक समाजका अगुवाहरु, सहकारी संस्थाहरु पत्रकारहरु, सामाजिक परिचालकहरु एव सरोकारवालाहरु सवैलाई सहभागिताको लागि पत्राचार गरिसकिएको छ । कुनै कारणवस पत्र प्राप्त हुन नसकेको भए यसै सुचनालाई आधार मानी योजना छनौट प्रकृयामा सक्रिय सहभागीताको लागि हार्दिक अनुरोध गरिन्छ ।
नोटः गोष्ठी कार्यक्रम विहान ठिक १० बजे शुरु हुने भएकोले समयमा उपस्थित हुन समेत विशेष अनुरोध गरिन्छ ।
गोष्ठी हुने मिति एवं स्थानहरु प्राप्त गर्न यहाँ क्लि गर्नुहोस
ईलाका स्तरीय गोष्ठी २०६८ मा योजना छनौट गर्ने क्षेत्र र सीमा प्राप्त गर्न यहाँ क्लि गर्नुहोस
ईलाका स्तरीय योजना छनौट गर्दा अनिवार्य रुपमा ध्यान दिनुपर्ने कुराहरु प्राप्त गर्न यहाँ क्लि गर्नुहोस
लक्षित कार्यक्रम अन्तर्गतका योजनाहरुको छनौट गर्दा ध्यान दिनु पर्ने क्षेत्रगत व्यवस्था प्राप्त गर्न यहाँ क्लि गर्नुहोस
----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
जिल्ला विकास समितिको कार्यालय
<< बाँकी सुचनाहरु
|