View in English होमपेज ईमेल चेक
   
       
फागुण २०६८
सोमंबुबिशु
 ०१०२०३०४०५०६
०७०८०९१०१११२१३
१४१५१६१७१८१९२०
२१२२२३२४२५२६२७
२८२९३० 
  जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु  
     

धादिङ जिल्ला भित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला, हिमशिखरहरु, ताल, झरनाहरु, गुफाहरु, जैविक विविधता, वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलहरुको रुपमा रहेको छ । यस जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु यस प्रकार रहेका छन् :

क) चमेरे गुफा: 

यो गुफा खाल्टे गा. वि. स. को वडा नं. ५ र ७ को बीचमा रहेको नागढुङ्गा डाँडाको पूर्व मोहडा फर्केको पाटोमा रहेको छ। सल्लाघारीको बीचमा अवस्थित यस गुफालाई प्रकृतिको अद्दितीय वरदानको रुपमा लिनु पर्दछ किनकि यस गुफाभित्र ४ तलासम्म पुगी भित्रका आकृतिहरु अड्कल गर्दा आदिम युगमा वर्णन गरिएजस्तै सबै ईश्वरहरु यही नै छन् कि जस्तो भान पर्दछ । हाल यस गुफासम्म पुग्न एउटा गोरेटो बाटो, गुफाको गेटमा खाने पानी धारो र एउटा शिवमन्दिर निर्माण गरएको छ ।

ख) सिद्धलेक :

नलाङ गा. वि. स. वडा नं. १ र सलाङ गा. वि. स. वडा नं. ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ। सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ। त्यसकै साथमा रहेको १५२५ मि. अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गा. वि. स. हरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।

ग)   ज्वालामुखी : 

 

चैनपुर गा. वि. स. वडा नं. ८ र मुरलीभञ्ज्याङ गा.  वि. स. वडा नं. ९ को बीचमा झण्डै १४०० मी. उचाइमा  अवस्थित ज्वालामुखी महत्त्वपुर्ण ऐतिहासिक स्थलको रुपमा  रहेको छ । सो स्थलबाट आरुनो काखैमा रहेको समतल भूमी  एवं नेपालका ठूलो टारहरुमध्ये पर्ने सल्यानटारको पुर्व एवं  पश्चिममा बग्ने आँखु एवं बूढी गण्डकी नदी देख्न सकिन्छ  भने उत्तर्रतर्फ थुप्रै हिमाली श्रृंखलाहरुको दृश्य देख्न सकिन्छ ।  यसै गरी यस स्थलबाट धादिङ जिल्लाका ५० वटै गा. वि. स.  हरू देख्न सकिन्छ । यस स्थलमा शिवरात्रीमा मेला लाग्ने गदर्छ ।

घ)   गुप्तेश्वरी गुफा : 

                                                                                                                                              

कल्लेरी गा. वि. स. को वडा नं. ९ अर्न्तर्गत पर्ने  मुलाबारी गाउँको माथी नाङ्गो डाडामा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रुपमा लिन सकिन्छ । यहाबाट धादिङका विभिन्न स्थानहरुको मनोरम दृश्यहरुको अवलोकन  गर्न सकिन्छ । यस गुफाभित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने  दृश्यहरु देख्न सकिन्छ । गाई वस्तु, मानव लगायत खेतबारीको  स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मुर्र्ति आकारको  साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।

ङ)   गंगा जमुना:

फूलखर्क गाउँ विकास समितिको वडा नं. ४ मा पर्ने  ढाँर्डखर्क सिरानमा अवस्थित गंगा जमुना एक ऐतिहासिक  स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा  र्ड्ढर्केको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मी.  को हाराहारीमा पर्ने गंगा र जमुना नाम रहेको ठाउँमा  सप्तरंगी इन्द्रेणीको एक अति आकर्ष दृश्य देख्न सकिन्छ ।  यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला  आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । त्यही पहाडमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मुर्ति देख्न सकिन्छ । सोली घोप्टे पहाडको आकृतिले झनै आकर्षण  थपेको छ । गंगा जमुनाकै साथमा करिब २०० मी. पर  परिश्चम पट्टी रहेको कुकुर धाराको आफ्नै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत  मुक्ति पाइन्छ भन्ने किंवदन्ती रहेको छ ।

च) त्रिपुरासुन्दरी मन्दिर:

 

सल्यानकोट गा. वि. स. वडा नं. ५ मा रहेको यो मन्दिर  एक धार्मिक एवं ऐतिहासिक स्थल हो । प्राकृतिक रुपले उच्च  स्थानमा रहेको हुनाले यहाँबाट अनेकन मनोरम दृश्यहरु देख्न  सकिन्छ । यहाँबाट दक्षिण पट्टि रहेको नागबेली आकारले बगेको आँखु नदी र समतल सुकौरा ड्ढाँटमा हरियाली दृश्यहरु  देखिन्छन् भने उत्तर तर्ड्ढ रहेका उच्च हिम शिखरहरु र अन्य  प्राकृतिक दृश्यहरुका साथै ऐतिहासिक स्थलहरु देख्न सकिन्छ ।

छ)  खर्के डाँडा:

यो नौबिस गा. वि. स. वडा नं. ६ मा रहेको महत्त्वपुर्ण रमणीय पार्क हो । अन्दाजी १५० रोपनी जग्गामा उत्तर-दक्षिण  लम्बिएको आकारमा ड्ढैलिएको यो पार्क काठमाडौंबाट नजिकै  त्रिभुवन राजपथसँग जोडिएको छ । नजिकै रहेको सुगुरे  सामुदायिक वनले यसको आकर्षालाई अझै बढाएको छ ।

ज)  मलेखु मजुवा पुष्पलाल स्मृति पार्क :

गजुरी गा. वि. स. वडा नं. २ को गोल्मारानी ढाँडमा  यो पार्क रहेको छ । पृथ्वीराजमार्गको दक्षिणपट्टि करिब २००  मि. जतिको दूरीमा -मधुमति) मलेखु र त्रिशुली नदीको संगम  स्थलमा रहेको छ । वनबुट्टाहरु रहेको यस स्थलले २०० रोपनी  जति क्षेत्रफल ओगटेको छ ।

झ)  मण्डली माई :

ढोला गाविस वडा नं. २ मा अवस्थित मण्डली माईको  मन्दिर एक चर्चित धार्मिक स्थल हो । यहाँ हरेक मंगलबार  बाख्राको पाठी बली चर्ढाई पूजा-आजा गर्न भक्तजनहरुको  घुइचो लाग्ने गर्दछ । सालको वनको बीचमा रहेको यो  मन्दिरमा महिलाहरु जान नहुने धार्मिक विश्वास रहेको छ ।

यस लगायत धादिङ जिल्लामा खड्का देवी मन्दिर मैदी,  तातोपानी मूल झार्लाङ, भैरवी मन्दिर सुनौलाबजार जस्ता  प्रशस्तै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् ।

Y

   
 
     
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनचेतना अभियान फोटो ग्यालरी जिविसको उदेश्य योजना तथा कार्यक्रम धार्मीक तथा पर्यटकिय स्थलहरु सार्वजनिक सुनुवाई कार्यक्रम LGCDP कार्यक्रम
सन्देश

जिल्ला विकास समिति धादिङबाट बजेट विनियोजन भईविभिन्न विकास योजनाहरु कार्यान्वयनको क्रममा रहेका छन् । आफ्नो गाउँ ठाउँमा भईरहेका विकास क्रियाकलापमा सहभागि हनुहुन सवैलाई अनुरोध गरिन्छ । साथै यसरी संचालन भईहेको विकास कार्यक्रममा कुनै प्रकारको गुनासो वा सिकायत       भएमा जिल्ला विकास समितिमा खवर गरी दिनुहुन अनुरोध गरिन्छ ।

-
   - जिल्ला विकास समिति धादिङ
सूचनापाटी

ddc , dhading - २०६८-१०-२६

१२ वटा सुचना(हरु) उपलब्ध छन्।
© वि स २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित